!!! बूढानीलकण्ठ नगर !!! विशाल एउटै कालो पत्थर निर्मित। जगकै उच्च कलात्मक मुर्तिमा अलौकिक। शिवपुरी श्रृखंलाको वक्षस्थल मुन्तिर। धर्तीकै अमुल्य सम्पदा हो बूढानीलकण्ठ मन्दिर ।। उत्तर तर्फ रसिला हरियाली मनमोहक सुन्दर शीर र शान ठान्दछ, राजधानी महानगर । नयाँ नेपालको योजनासँगै, ६ गाउँहरु बन्दैछन् शहर अनुपम निधि निरकण्ठको नामले चम्कनेछ बूढानीलकण्ठ नगर।। शीरमा शिवपुरी जटाजलसरी, जलको मुहान पोखरी दायाँतर्फ बगेकी छन् विष्णुमती, वायाँ वरिपरी रुद्रमती, दायाँ तर्फ बसेकी छन् चण्डेश्वरी, वायाँ रुद्र भगवती शिरमा वाग्द्धार वागमती, शैव कृष्ण पञ्चकन्या त कतिकति।। बहुजनका नजरमा ठोकिन्छ अग्लो तारेभिर पर्यटक र पाहुनाको भिड बढ्दैछ, अग्ला हरियाली डाँडातिर उत्तर तर्फ शिवपुरी निकुञ्जको हरीयाली, जैविक विविधता राजधानी महानगर जोडिएको, निकुञ्ज विशालता।। पूर्व तर्फ ग...